शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
फोटो फिचर

स्थानीय यार्सागुम्बा टिप्न गएपछि विद्यालय बन्द, गाउँ सुनसान (तस्बिरहरू)

बिहीबार, २२ जेठ २०८२, १० : ५२
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • मुगु लगायत हिमाली क्षेत्रका गाउँहरूमा यार्सागुम्बा टिप्न गएपछि गाउँ रित्तो भएको छ, विद्यालयहरू बन्द छन् र वृद्धवृद्धा र बालबालिका मात्रै गाउँमा छन्।
  • यार्सागुम्बा संकलन स्थानीय अर्थतन्त्रको महत्वपूर्ण पक्ष हो, जसले गर्दा अधिकांश मानिसहरू यार्सा टिप्न जाने गर्छन् र यसबाट राम्रो आम्दानी हुन्छ।
  • नेपाल चीनपछि यार्सागुम्बा आपूर्ति गर्ने दोस्रो मुलुक हो, र यसको निर्यातले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ।

मुगु । देशको पश्चिम उत्तरका उच्च हिमाली क्षेत्रका गाउँ बस्ती अहिले रित्तो जस्तै देखिन्छ । हिउँ पग्लिएर खाली भएका नागी पाटनहरूमा यार्सा गुम्बा टिप्न गाउँका सबै गएपछि गाउँ रित्तो भएको हो । 

गाउँमा अशक्त, सुत्केरी, बालबालिका, वृद्ध वृद्धा मात्र भेटिन्छन् । यार्सागुम्बा अर्थोपार्जन र पारिवारिक अर्थचक्रको महत्त्वपूर्ण पक्ष हो । मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखियो । 

कक्षा १ मा पढ्दै गरेकी सोनाम छिरिङ लामालाई साथीहरू किरा कोर्न गएपछि स्कुल बिदा भएको थाहा छ । तर किरा कोर्ने भनेको के हो भन्नेमा उनी अनविज्ञ छन् । किरा कोर्ने सुन्दा तपाईंलाई पनि अचम्म लाग्नसक्छ । मुगु लगायत हिमाली तथा पहाडी जिल्लाका स्थानीयहरु जेठको दोश्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा किरा कार्न जाने गर्दछन् ।

उच्च हिमाली क्षेत्रका पाटनहरूमा पाइने यार्सागुम्बा टिप्ने कामलाई स्थानीय भाषामा किरा कोर्ने भन्ने गरिन्छ । साना साना बालबालिकाहरुले पनि यसलाई यही ढंगले बुझ्ने गरेका छन् । सबै किरा कोर्न गएका कारण विद्यालय बन्द भयो । गाउँ रित्तो भयो । त्यस क्षेत्रमा मुख्य आय आर्जनको स्रोत नै यार्सागुम्बा हो । सिजनमा सबै यार्साटिप्न जान्छन् । एक महिना गाउँ नै सुनसान हुन्छ ।

मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई मांग्रीमा सामाजिक परिचालकको रूपमा काम गर्दै आएका ठिल्ले लामाले गाउँमा साना नानी भएका महिला, बालबालिका र वृद्ध वृद्धा मात्रै गाउँमा रहेको बताए । 

02-2

यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाइने ढुसीको एक प्रजाति हो । बहुमूल्य जडीबुटीको रूपमा प्रयोग हुँदै आएको यार्सागुम्बा निर्यातबाट ठुलो आम्दानी हुने गर्दछ । सिजनमा ९ वर्ष भन्दा माथि ६० वर्ष उमेर सम्मका मानिसहरू यार्सा टिप्न जाने गर्दछन् । मुख्य आयआर्जनको स्रोत नै यार्सा भएकाले मुगुका अधिकांश गाउँहरू अहिले सुनसान प्राय छन् । 

03-3

मांग्री पनि सुनसान छ । गाउँका आधाआधी घरमा ताला लागेको छ । सानासाना बालबालिका र वृद्ध वृद्धा मात्रै भेटिन्छन् । मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन् । गाउँमा महिला र साना बालबालिका मात्रै छन् । एकाध विद्यालय सञ्चालनमा छन् तर विद्यार्थी छैनन् । सञ्चालनमा रहेका विद्यालयमा पनि ९ वर्ष मुनिका बालबालिकाहरु मात्रै भेटिन्छन् ।

04-4

यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो । १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका अधिकांश विद्यालय बन्द छन् भने गाउँहरू पनि सुनसान हुन थालेका छन् । एकाध सञ्चालनमा आएका विद्यालयमा पनि प्राथमिक तहका विद्यार्थी मात्रै आउने गरेको पाइन्छ ।

05-5

औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीन पछि नेपाल दोस्रो मुलुक हो । यसको प्रमुख बजार चीन हो । यकिन तथ्याङ्क नभएपनि पूर्वी नेपालको अलैँची सरह नै पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले २०७२ मा गरेको अध्ययनले पनि हिमाली र उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान हुन यार्सागुम्बाले सहयोग गरेको उल्लेख छ । 

06-6

सो अध्ययनमा आर्थिक वर्ष २०७०/ २०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्सागुम्बा संकलन गरिएको अनुमान गरिएको थियो । यार्सागुम्बा संकलनका लागि मुख्य केन्द्रका रूपमा रहेका दार्चुला, डोल्पा, जुम्ला, बझाङ्ग र मनाङमा अध्ययन केन्द्रित थियो । 

07-708-809-910-1011-11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप