शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला

शुक्रबार, २३ जेठ २०८२, ०८ : १९
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • सशस्त्र प्रहरी जवानको खोजीमा टोली परिचालन गरिएको थियो।
  • सप्तकोशीमा बेपत्ता भएका जवान हरेदेव राजवंशीको शव फेला परेको छ।
  • अर्का प्रहरी जवान सुरज साउदको खोजी जारी छ।

सुनसरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका (गोताखोर) सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । 

उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव आज बिहान सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । 

घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा मृत अबस्थामा राजवंशीको शव फेला परेको हो । हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ । 

बिहीबार दिउँसो  १५ः१० बजे नं। १ श्रीअन्तु  गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजवंशी र नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदीमा बेपत्ता भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप