दीपशिखा र शेर्पालीलाई प्रचण्डले बोलाए खुमलटार
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाईसीएलका इन्चार्ज र निवर्तमान अध्यक्षलाई खुमलटारमा बोलाएका छन्।
- वाईसीएलको नेतृत्व चयनमा सहमति जुटाउनका लागि छलफल हुँदैछ, जसमा विभिन्न आकांक्षीहरूले अडान लिएका छन्।
- पदाधिकारी बैठकले ऊर्जाशील व्यक्तिलाई अध्यक्ष बनाउन निर्देशन दिएको छ, जसमा केही व्यक्तिको नाम प्रस्ताव गरिएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई खुमलटार बोलाएका छन् ।
सर्वसहमतिबाट नेतृत्व चयनको विषयमा छलफल गर्न उनीहरूलाई खुमलटार बोलाइएको एक नेताले जानकारी दिए । नेतृत्वको छनोटको विषयमा आकाङ्क्षीले आ–आफ्ना अडान नछाडेपछि बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सहमतिबाट नै नेतृत्व चयन गर्ने जिम्मा दीपशिखा, शेर्पाली र अध्यक्षका प्रत्यासीलाई जिम्मा दिने निर्णय गरेको थियो ।
‘इन्चार्ज र निवर्तमान अध्यक्षलाई खुमलटार बोलाइएको छ । पार्टीले पनि सहमतिबाट नै निर्णय गर्न जिम्मा दिएकाले नेतृत्वबारे छलफल गर्न बोलाइएको हो’, रातोपाटीसँग ती नेताले भने ।
पदाधिकारी बैठकले स्पष्ट निर्णय गर्ने क्षमता भएका, ऊर्जाशील व्यक्तिलाई अध्यक्ष बनाउने गरी नाम प्रस्ताव गर्न निर्देशन दिएको थियो । अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी लगायत आकाङ्क्षी छन् ।
यीमध्येबाट नै अध्यक्ष छानिने सम्भावना बढेर गएको नेताहरूले जानकारी दिएका छन् । जेठ १८ गतेबाट सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्व चयनमा कुरा नमिल्दा दुई दिन लम्बिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण