शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
वाईसीएल सम्मेलन

दीपशिखा र शेर्पालीलाई प्रचण्डले बोलाए खुमलटार

बिहीबार, २२ जेठ २०८२, १२ : ०८
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाईसीएलका इन्चार्ज र निवर्तमान अध्यक्षलाई खुमलटारमा बोलाएका छन्।
  • वाईसीएलको नेतृत्व चयनमा सहमति जुटाउनका लागि छलफल हुँदैछ, जसमा विभिन्न आकांक्षीहरूले अडान लिएका छन्।
  • पदाधिकारी बैठकले ऊर्जाशील व्यक्तिलाई अध्यक्ष बनाउन निर्देशन दिएको छ, जसमा केही व्यक्तिको नाम प्रस्ताव गरिएको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलाई खुमलटार बोलाएका छन् ।

सर्वसहमतिबाट नेतृत्व चयनको विषयमा छलफल गर्न उनीहरूलाई खुमलटार बोलाइएको एक नेताले जानकारी दिए । नेतृत्वको छनोटको विषयमा आकाङ्क्षीले आ–आफ्ना अडान नछाडेपछि बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सहमतिबाट नै नेतृत्व चयन गर्ने जिम्मा दीपशिखा, शेर्पाली र अध्यक्षका प्रत्यासीलाई जिम्मा दिने निर्णय गरेको थियो । 

‘इन्चार्ज र निवर्तमान अध्यक्षलाई खुमलटार बोलाइएको छ । पार्टीले पनि सहमतिबाट नै निर्णय गर्न जिम्मा दिएकाले नेतृत्वबारे छलफल गर्न बोलाइएको हो’, रातोपाटीसँग ती नेताले भने । 

पदाधिकारी बैठकले स्पष्ट निर्णय गर्ने क्षमता भएका, ऊर्जाशील व्यक्तिलाई अध्यक्ष बनाउने गरी नाम प्रस्ताव गर्न निर्देशन दिएको थियो । अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी लगायत आकाङ्क्षी छन् ।

यीमध्येबाट नै अध्यक्ष छानिने सम्भावना बढेर गएको नेताहरूले जानकारी दिएका छन् । जेठ १८ गतेबाट सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्व चयनमा कुरा नमिल्दा दुई दिन लम्बिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप