कर्णालीको नीति तथा कार्यक्रम उँट बनेर आएको छ : नेता शर्मा

सुर्खेत । कर्णालीको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश सरकारको नीति तथा कार्यक्रम उँट बनेर आएको बताएका छन् ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।कर्णाली सरकारले बुधबार आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
उक्त नीति तथा कार्यक्रमको विषयमा बोल्दै शर्माले भने, ’धेरै पुरानालाई निरन्तरता, केही माथिका, केही तलका कुरा आए, समग्रमा हेर्दा उँट बनेर आएको छ ।’
पूर्व मुख्यमन्त्री समेत रहेका शर्माले सङ्घीयता सिंहदरबारको मुठ्ठीभित्र राखिएको पनि बताए । ’सङ्घीयता नाम मात्रको भयो, सबै अधिकार केन्द्रमा राखिएको छ,’ उनले भने, ’अहिलेका प्रदेश सरकार सन्दुक र बन्दुक बिनाका हुन् ।’
यही अवस्थामा प्रदेश सरकारले खासै राम्रो काम गर्न सकिने अवस्था नरहेको पनि उनको भनाइ छ ।साथै कर्णाली प्रतिको हेराइ अझै पनि बदलिन नसकिएको उनले बताए। थप भने, ’म मुख्यमन्त्री भएका वेला कर्णालीमा राम्रो काम गरौँ भनेर १४ अर्ब रकम स्वीट्जरल्याण्ड गएर मागियो तर केन्द्र सरकारले हामीलाई सहयोग गरेन ।’
यस्तो अवस्थामा प्रदेश संरचना बलियो बन्न नसक्ने उनले बताए । फरक प्रसङ्गमा बोल्दै उनले नेपालमा प्रतिशोधको राजनीतिक हाबी भएको बताए ।
प्रतिस्पर्धात्मक राजनीतिक भन्दा पनि प्रतिशोधको राजनीतिकले देश बङ्गलादेशी बाटोमा अगाडि बढिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले