स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
सारांश
- स्याङ्जाका किसानले धानको बीउ बिक्रीबाट रु ९० लाखभन्दा बढी आम्दानी गरेका छन्, जसले उन्नत जातका धानको बीउ बिक्री गरेका हुन्।
- डेसिस प्रणालीमार्फत स्याङ्जाका किसानले ११५ टन उन्नत जातका धानको बीउ स्याङ्जा र अन्य जिल्लामा बिक्री गरे।
- प्रणालीमार्फत बीउ बिक्री गर्दा किसानलाई प्रोत्साहन रकम दिइन्छ, रामधानमा प्रतिकिलो रु २२, सावित्रीमा रु १७ र अन्यमा रु २८।
स्याङ्जा। स्याङ्जाका किसानले धानको बीउ बिक्रीबाट रु ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
नेपाल सरकारले बनाएको विद्युतीय बीउ व्यवस्थापन प्रणाली (डेसिस) मार्फत स्याङ्जाका किसानले उत्पादन गरेको बीउ स्याङ्जा तथा बाहिरी जिल्लामा बिक्री गरिएको हो । वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रका प्रमुख सुदीप रेग्मीका अनुसार डेसिस प्रणालीमार्फत ११५ टन उन्नत जातका धानको बीउ बिक्री भएको हो।
“गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयले पछिल्लो समय खाद्यान्न तथा तरकारी बालीका विभिन्न मूल बीउको परीक्षण तथा उत्पादन गर्दै आएको छ”, उनले भने, “यस कार्यालयले उत्पादन गरेका मूल बीउ किसानलाई उपलब्ध गराउने र किसानले उत्पादन गरेका उन्नत बीउको बिक्रीका लागि समन्वय गर्दै आइरहेको छ ।”
स्याङ्जामा बीउ उत्पादनका लागि सूचिकृत भएका २२ समूह, सहकारी तथा फर्म रहेका छन् । सूचिकृत समूह तथा सहकारीले धान, गहुँ, मकै, आलु लगायतका उन्नत बीउ उत्पादन गर्दै आएका छन् । यस वर्ष जिल्लामा सूचिकृत भएकामध्ये १५ समूह सहकारीले रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ जस्ता उन्नत जातका ११५ टन बढी धानको बीउ बिक्री गरेका उनले बताए ।
स्याङ्जाबाट स्याङ्जाका स्थानीय तहहरूसहित तनहुँ, कास्की र नवलपुरका स्थानीय तहमा डेसिस प्रणालीमार्फत बिक्री गरिएको हो । स्याङ्जाबाट बिक्री भएको धानको बीउमध्ये ८० प्रतिशत रामधान, १५ प्रतिशत सावित्री र पाँच प्रतिशत सावा मन्सुली रहेको उनले बताए।
“जिल्लाका विभिन्न स्थानमा रहेका समूह सहकारीले उन्नत धानको बीउ उत्पादन गर्नुहुन्छ”, उनले भने, “विभिन्न प्रक्रिया पूरा भई प्रमाणीकरण भएका बीउ बिक्रीका लागि किसानले डेसिस प्रणालीमा अपलोड गर्नुहुन्छ, सोही आधारमा व्यवसायीको खोजी गरी बिक्री गर्छौँ ।” किसानले डेसिस प्रणालीमार्फत बीउ बिक्री गर्दा प्रति किलोको छुट्टाछुट्टै मुल्य निर्धारण गरिएको छ । सोही प्रणालीमार्फत बिक्री गरेका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको उनले बताए ।
रामधान प्रति किलो रु ६८, सावित्री प्रतिकिलो रु ६२, खुमल प्रजाति तथा बासमतिको प्रतिकिलो रु ९८ निर्धारण गरिएको छ । धान बिक्रीपश्चात् किसानलाई रामधानमा प्रतिकिलो रु २२, सावित्रीमा प्रतिकिलो रु १७ र खुमल तथा बासमतीमा प्रतिकिलो रु २८ प्रोत्साहन स्वरुप उपलब्ध गराइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण