शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृत्यु

बिहीबार, २२ जेठ २०८२, १७ : १८
बिहीबार, २२ जेठ २०८२

महोत्तरी । सर्पले डसेर डिभिजन वन कार्यालय महोत्तरीका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका नम्बर १० लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय छोरा रुपेश महतो रहेका छन् । 

डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गएराति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो । उनलाई तत्काल बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्‍याइएको थियो । तर उपचारका क्रममा आज बिहान ५ः१५ बजे उनको मृत्यु भएको हो ।

मृतक महतो डिभिजन वन कार्यालयअन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

करिब एक वर्षदेखि रुपेश सोही कार्यालयमा भान्सेका रूपमा कार्यरत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप