शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

बिहीबार, २२ जेठ २०८२, १४ : २३
बिहीबार, २२ जेठ २०८२

समाचार सारांश

  • कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घाइते दुई जनाको उपचार भइरहेको छ।
  • दुर्घटनामा परी मोटरसाइकलमा सवार २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो।
  • दुर्घटना पूर्व-पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका-१ को भालुफटामा भएको थियो।

घोडाघोडी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान साढे ३ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए ।

अवस्थीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । पछाडि सवार घोडाघोडी–२ बस्ने २२ वर्षीय अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घोडाघोडी–३ का २१ वर्षीय शङ्कर चौधरीको टाउकोमा गम्भीर चोट लागेको

र अवस्था गम्भीर रहेको डिएसपी अवस्थीले बताए । चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप