कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
सारांश
- कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घाइते दुई जनाको उपचार भइरहेको छ।
- दुर्घटनामा परी मोटरसाइकलमा सवार २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो।
- दुर्घटना पूर्व-पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका-१ को भालुफटामा भएको थियो।
घोडाघोडी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान साढे ३ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए ।
अवस्थीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । पछाडि सवार घोडाघोडी–२ बस्ने २२ वर्षीय अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक घोडाघोडी–३ का २१ वर्षीय शङ्कर चौधरीको टाउकोमा गम्भीर चोट लागेको
र अवस्था गम्भीर रहेको डिएसपी अवस्थीले बताए । चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण