भागबन्डामा उच्च बार पोखरा, शालिग्राम सर्वसम्मत
सारांश
- पोखरा उच्च अदालत बार एसोसिएसनको आगामी कार्यकालका लागि विभिन्न दलहरूको भागबन्डामा कार्यसमिति चयन गरिएको छ।
- अध्यक्षमा शालिग्राम भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदहरूमा पनि चयन भएका छन्।
- डीएलए, पीपीएलए, आरपीएलए, र एसपीएलएका सदस्यहरू सहितको निर्वाचनमा लुमचन्द्र रेग्मी लगायत अन्य सदस्यहरू निर्वाचित भए।
पोखरा । उच्च अदालत बार एसोसिएसन पोखराको आगामी कार्यकालका लागि भागबन्डामा कार्यसमिति चयन गरिएको छ । कांग्रेस निकट डीएलए, एमाले निकट पीपीएलए, माओवादी निकट आरपीएलए र नेकपा एकीकृत समाजवादी निकट एसपीएलएबिच भागबन्डामा समिति चयन भएको हो ।
अध्यक्षमा डीएलएका शालिग्राम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षमा यामबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल र कोषाध्यक्षमा सुजाता ढकाल निर्वाचित भएका छन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष डीएलएका हुन् भने उपाध्यक्ष र सहसचिव पीपीएलएका हुन् ।
सदस्यमा डीएलएका ४, आपीएलएका २, पीपीएलएका १ र एसपीएललका भागमा १ जना निर्विरोध चयन भएका छन् । लुमचन्द्र रेग्मी, शिवराज रेग्मी, रमेश गिरी, दीपक शर्मा पौडेल, तिलकप्रसाद कोइराला, डिल्लीराम अधिकारी र घनश्याम बराल सदस्यमा निर्वाचित भएका निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण