पाँच देशका लागि अनअराइभल भिसा बन्दः श्रम स्विकृति पनि स्थगित
वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरिएको छ ।
सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्दर्भमा सो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ठूलो संख्यामा नेपाली रोजगारका लागि मध्यपूर्वका मुलुक जाने गरेका छन् ।
चीनको ऊहानबाट फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै आइतबार मात्र ३० नेपालीलाई बहराइनले अध्यागमनबाट प्रवेशमा रोक लगाएको थियो । यस सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कामका लागि होस् या अध्ययनका लागि नजान सार्वजनिक अह्वान गरेका थिए ।
सरकारले दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार तत्काल नपठाउने निर्णय गरेको थियो । यसअघि अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको थियो ।
त्यसैगरी शुक्रबारदेखि लागू हुने गरी पाँच देशका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय पनि गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो ।
यो खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण