एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
सारांश
- जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपालका टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्।
- राष्ट्रिय च्याम्पियनद्वय संयोग र योङ्गीले सिओलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एक महिने विशेष प्रशिक्षणमा सहभागी हुनेछन्।
- सन् १९८८ को सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा नेपाली खेलाडीहरू यस प्रशिक्षणमा सहभागी हुन लागेका हुन्।
काठमाडौँ । जापानको आइची र नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद (एसियाड) को वैदेशिक प्रशिक्षणका लागि नेपालका टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्। राष्ट्रिय च्याम्पियनद्वय संयोग र योङ्गी शनिबार त्यतातर्फ लागेका हुन्।
अखिल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनका अनुसार दुवै खेलाडी सिओलस्थित डोक्सान हाई स्कुलमा सञ्चालन हुने एक महिने विशेष प्रशिक्षणमा सहभागी हुनेछन्। यो प्रशिक्षण जुलाई १८ देखि अगस्ट १८ तारिखसम्म चल्नेछ। सन् १९८८ को सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ यङ्जाको निमन्त्रणामा नेपाली खेलाडीहरू यस प्रशिक्षणमा सहभागी हुन लागेका हुन्।
एक महिनाको अवधिमा नेपाली खेलाडीले दक्षिण कोरियाका उत्कृष्ट खेलाडीहरूसँग नियमित अभ्यास गर्ने अवसर पाउनेछन् । यसका साथै उनीहरूले दक्षिण कोरियाको राष्ट्रिय टेबलटेनिस टोलीका खेलाडी तथा प्रशिक्षकहरूसँग भेटघाट गर्ने, प्रशिक्षण सत्रको अवलोकन गर्ने र अनुभव आदानप्रदान गर्ने अवसर समेत प्राप्त गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले खेलाडीहरूलाई सफल प्रशिक्षण तथा आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनको शुभकामना दिँदै बिदाइ गरे। आगामी एसियाडका लागि टेबलटेनिसबाट यी दुईसहित कुल ६ खेलाडी छनोट भएका छन्। बाँकी खेलाडीलाई पनि प्रशिक्षणमा लैजान पहल भइरहेको जानकारी कोषाध्यक्ष महर्जनले दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण