छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका-४ हनुमान मन्दिरस्थित सडकमा ना.१ क ५८२६ नम्बरको टिपरले बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने ३५ वर्षीय कालिचरण यादवको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीया सुधा यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१९ मिलन चोकस्थित सडकमा को.१ ख २९१७ नम्बरको टिपरले प्रदेश १-००२ ह ८६०६ नम्बरको टेम्पोलाई मंगलबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अटो चालक ग्रामथान-२ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकै नातिनी ६ वर्षीया सबिता सरदार रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण