अप्रेशन थिएटरमा जानुअघि प्रधानमन्त्रीले भने– म ढुक्क छु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण जारी रहेको छ । त्रिवि शिक्षण अस्पतालको क्याबिन नम्बर ६०१ बाट अपरेशन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले आफ्नै देशको माटोमा आफू भएकाले ढुक्क रहेको बताएका छन् ।
ओलीले चिकित्सकहरुसँग कुरा गर्दै आफूलाई केही नहुने र छिट्टै स्वस्थ भएर काममा फर्किने बताए । ओलीको भनाइ उदृत गर्दै उपचारमा संलग्न एक चिकित्सकले भने, ‘आत्तिनु पर्दैन, मलाई राम्रो हुन्छ । म आफ्नै देशको माटोमा छु ।'
उनले स्वदेशमै उपचार हुने भएकाले ढुक्क रहेको पनि पटक पटक दोहोर्याएका थिए ।
बिहान १० बजे अप्रेशन थिएटरमा प्रवेश गरेका ओलीको अपरान्ह करीब ४ बजेसम्म अप्रेशन चल्ने बताइएको छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले समय–समयमा स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहने बताए ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गरिरहेको छ। प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत अस्पतालले बताएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गरिएको थियो । त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।
यसैबीच ओलीको लागि मिर्गौला दान गरेकी भाञ्जी समीक्षा संग्रौलाको पनि सँगै शल्यक्रिया भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण