राष्ट्रियसभा सदस्यका रुपमा सपथ ग्रहणपछि कसले के भने ?
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।
नवनिर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेले सपथ ग्रहणपछि बोल्दै अनुशासित भएर आफ्नो कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाइन् । उनले सिंङ्गो नेपाली जनताको हित र राष्ट्रलाई सर्वोपरि राखेर गर्नुपर्ने सबै कुराहरुलाई नैतिक धरातल भित्र रहेर पूरा गर्ने प्रतिवद्धता जनाइन् ।
अर्का सदस्य देवेन्द्र दाहालले आफू निर्वाचित भएर आएको क्षेत्रका जनताप्रति उत्तरदायी भएर देशको नीति निर्माणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नीति निर्माणका साथै विकासको क्षेत्रमा पनि आफने भूमिका रहने उनले बताए ।
अर्का सदस्य मृगेन्द्रकुमार सिंहले प्रतिनिधिसभा र राष्ट्रिय पञ्चायतको आफ्नो अनुभवका साथ राष्ट्रियसभाको गरिमा कायम राख्दै आफूले कार्यसम्पादनमा भूमिका खेल्ने बताए । राष्ट्रियसभा परिपक्व संसद भएकाले विचारहरु परिपक्व आउनुपर्ने र निर्णय पनि परिपक्व ढंगले हुनुपर्ने उनले बताए ।
राष्ट्रियसभा सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सथप ग्रहण गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण