प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
बुधबार, २१ फागुन २०७६, १४ : १५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।
दोस्रो पटक मृगौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।
बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ ।
बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यरोपण गरिँदैछ । ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिन लागेको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण