राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश
बुधबार, २१ फागुन २०७६, १४ : ४२
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, २०७५/२०७६’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त प्रतिवेदन पेश गरेका हुन् । यसैगरी बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री डा.युवराज खतिवडाले मङ्गलबार पदबाट दिनुभएको राजीनामा स्वीकृति गरिएको र उनको जिम्मेवारी प्रधानमन्त्री स्वयम्ले नै सम्हाल्ने गरी तोक्नुभएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष तिमिल्सिनाले वाचन गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते अपराह्न १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण