युवतीमाथि यौनहिंसाको आरोपमा पूर्वडीएसपी पक्राउ
बुधबार, २१ फागुन २०७६, १९ : २४
काठमाडौं । एक युवतीमाथि यौन हिंसाको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजु रहेका छन् ।
उनलाई भक्तपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
अभियुक्त खिउजुले महानगरीय प्रहरी बृत्त चापागाउँको प्रमुख हुँदा एक युवतीलाई जागिरको प्रलोभन दिँदै यौन हिंसा गरेको बताइएको छ ।
उनीविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि उनी जागिरबाटै राजीनामा दिएर फरार भएका थिए ।
प्रहरीका अनुसार माघ २३ मा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा खिउजु बुधबार पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण