बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन: मुख्यमन्त्री राउत
धनुषा । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझैं न्याय पाउन नसकेको टिप्पणी गरेका छन् । जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा आज मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए ।
बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे । प्रदेश २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए । ‘बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ’, उनले भने, ‘चाँडोभन्दा चाँडो निक्र्यौलमा पु¥याऔँ ।’
परिवारका सदस्य गुमाएकाको पीडा कम गर्नका लागि पनि न्याय दिनुपर्ने तर्क उनले गरे । मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै सास कि लास दिनुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण