कोरोनासम्बन्धी समाचारप्रति काउन्सिलको ध्यानाकर्षण
काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे विभिन्न सञ्चारमाध्यामहरुमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले नेपाली सञ्चारमाध्यामहरुमा आएका समाचारहरु हल्ला र अनुमानका भरमा प्रसारण भएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
जारी विज्ञप्तिमा संयमित हुनुपर्ने यस्तो घडीमा हल्लाको भरमा समाचार प्रकाशन–प्रसारण भएको भन्दै त्यसले आम पाठक वर्गमा उत्तेजना र निराशा फैलाउने काम गरेको जनाइएको छ । विज्ञप्तिमा आज बसेको काउन्सिलको बोर्ड बैठकले प्रेस काउन्सिल नेपाल पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यामले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामाग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा कोही कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानतर्फ ध्यान दिई समाचार सम्प्रेषण गर्न समेत आमपत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण