बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

जान्ह्वीलाई शुभकामना दिँदै अर्जुनले भने, ‘उनकी आमाको निधनपछि म उनीहरुको जीवनमा जानु आवश्यक थियो’

शुक्रबार, २३ फागुन २०७६, १२ : १२
शुक्रबार, २३ फागुन २०७६

जान्ह्वी कपुर २३ वर्ष पुगेकी छिन् । यो मौकामा उनका दाइ अर्जुन, दिदी अंशुला र पिता बोनी कपुरले उनीप्रति आफ्नो भावना व्यक्त गरेका छन् ।

एक भारतीय संचार माध्यमसँगको कुराकानीमा अर्जुनले भने, ‘जान्ह्वी र खुसीले सानै उमेरमा आमा गुमाउनुको जुन पीडा सहन पर्‍यो त्यो निकै आघात पारिदिने किसिमको छ । म आफैंले पनि यस्तो समस्याबाट गुज्रिएको छु र राम्रोसँग बुझ्न सक्छु । त्यतिबेला उनीहरुमाथि जे भयो, त्यो कारण म र अंशुला उनीहरुको जीवनमा जानु आवश्यक थियो ।’

‘एक सेकेन्डका लागि तपाईं पनि त्यो स्थिती सोच्नुहोस् । यदि उनीहरुकी आमा हुन्थिन् भने हामी उनीहरुको जीवनबाट टाढा हुँदा पनि केही फरक पर्दैनथ्यो । तर त्यतिबेला उनीहरुलाई प्रेम र आफ्नोपनको आवश्यकता थियो । त्यो वास्तविकतालाई हामी झुटो देखाउन सक्दैनौं । प्रेम बाँड्नु नराम्रो कुरा होइन । त्यो दुःखद घटना अघि हामी उनीहरुको जीवनमा जान आवश्यकै परेन । न उनीहरुलाई हाम्रो जीवनमा आउन नै आवश्यकता थियो । हामीले भिन्न दुनियाँमा सह–अस्तित्वको सहजता हासिल गरेका थियौं । एकाएक उनकी आमाको निधन भएपछि स्थिती यस्तो बन्यो कि हाम्रो संसार एक भयो ।’

हाम्रो सम्बन्ध त्यस्तै छ, जुन साधारण दिदी बहिनीको हुन्छः अंशुला

अंशुलाले यो अवसरमा भनिन्, ‘मेरी बहिनी जान्ह्वीलाई उनको जन्मदिनमा अत्यधिक शुभकामना । उनको, मेरो र खुसीको बन्डिङ त्यस्तै छ, जस्तो साधारण दिदी बहिनीको हुन्छ । हामी तीनै जना कुनै पार्टीमा जाँदा अरु परिवारले जस्तो गर्छ, हामी पनि त्यस्तै गर्छौं । थोरै ठुस्का ठुस्की र अत्यधिक खाना ।

‘हाम्रो पूरा परिवार खानाको शौखिन हो । किनभने हामी पंजाबी हौं । जान्ह्वी पनि हामीजस्तै फूडी हुन् । हाम्रो घरमा, हजुरआमाको घरमा, अनिल काकाको घरमा, जताततै हामीले विशेष खाना खाने अवसर पाउँछौं ।  हाम्रो घरको खानाको टेबल हाम्रो लागि सबैभन्दा रमाइलो पोइन्ट हुन्छ । जब हामी बाहिर जान्छौं तब हामी देश–दुनियाँको अपडेट, करियर अपडेट, लाइफ अपडेटबारे कुरा गर्छौं । विकेन्डमा यदि कुनै फिल्म हेरेका छौं भने त्यसबारे चर्चा गर्छौं ।’

छोरीलाई मेरो आशिर्वाद सधैं छ र रहनेछः बोनी कपुर

बोनी कपुरले भने, ‘छोरीमाथि मेरो आशिर्वाद सधैं रहँदै आएको छ र सदा रहनेछ । अहिले म चेन्नईमा फिल्मको सुटिङ गरिरहेको छु तर उनको जन्मदिनमा मुम्बई आउनेछु । जन्मदिन मनाउनका लागि हामी चार व्यक्ति म, अर्जुन, अंशुला र जान्ह्वी एउटै टेबलमा बसेर खाना खानेछौं । खुसी न्यूयोर्कमा छिन् नभए उनी पनि सँगै हुन्थिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप