यसरी गर्नुस् जडीबुटीबाट पशुको उपचार
डा. केदार कार्की
आर्युवेद औषधिको भण्डार विशाल छ । आर्चाय भरकका अनुसार ‘श्वानौषध जगती किचितष’ अर्थात् जगतमा यस्तो कुनै पदार्थ छैन जुन औषधिको काममा नआउने होस् । जनताको स्वास्थ्यलाई सुधार्न र दुर्गममा बस्ने गरिब समुदायमा लागि चिकित्सा सेवा सुलभ गराउन र घरपालुवा पशुको उपचार गर्न आयुर्वेद उपचार पद्धति सबैभन्दा सहज हुन्छ । 
चिकित्सा स्वास्थ्य र दीर्घजीवनको क्षेत्रमा हाम्रो पुर्खाबाट सिद्ध गरिएको उपचारको स्रोत हो– आयुवेदिक उपचारपद्धति । परजीवीबाट ग्रसित भएपछि सामान्य आहारा दिँदा पनि पशु कमजोर हुन्छन् । यसले कृषकलाई निरास बनाउनुका साथै उत्पादनमा ह्रास आउँछ । कृषकले प्रत्यक्ष आर्थिक क्षति बेर्होनुपर्ने हुन्छ । पशुमा आन्तरिक अङ्ग तथा रगतमा प्रायः परजीवी पाइन्छ ।
पशुमा लाग्ने आन्तरिक परजीवी :
गोलो जुका : बुनोस्टोमम, हुकवर्म, हिमांशक, इसोफेगो स्टोमम, चेपटे जुका ः एम्फोस्टोम, लिबर फलुक, रक्त परजीवी फिले जुका ः मोनेजिया, डेवेनिया रेलिटिना, डायप्ली डियम, टिनिया इकाइने कोकस ।
रोगका लक्षण :
उचित आहार दिँदा पनि ठीक ढङ्गबाट शरीरको विकास हँुदैन । दूध उत्पादन कम हुने, पशु लोसे भई बथानबाट छुट्टिएर हिँड्ने गर्छन् । स्वास्थ्य अवस्थामा भन्दा बढी आहारा खाने गर्छन् । दिशा गोटा पर्ने, खानी अरुची हुने, गोबरको रङ एवं मात्रामा परिवर्तन हुने, परजीवीको प्रभावमा पेटमा वायु भरिने उदरशुल एव ज्वरो आउने लक्षण देखापर्छन् ।
परजीवीको निदान गर्ने विधिः
शरीरको बाहिरी भागको परीक्षण : सबै श्रावको परीक्षण गर्ने, गोबर परीक्षण गर्ने, गोबरमा पाइएका परजीवीका फुलको गणना गर्नुपर्छ ।
आयुर्वेदिक उपचार :
कीटनाशक औषधियुक्त बोटविरुवा महत्वपूर्ण औषधिजन्य बोटबिरुवाको बियाँ तथा पात खुवाएर पशुको आन्तरिक परजीवीको निदान गर्न सकिन्छ । जसले गर्दा परजीवी नष्ट भई तथा गोबरसँगै बाहिर निस्कनछन् ।
पलाँस ः ब्युटिया फरन्डोसा ः पलाँसको बियाँहरु पिँधेर पानीमा मिसाई करिब ३० मिनेट उमाल्नुपर्छ र चिसो भएपछि छान्नुपर्छ । यसरी तयार पारिएको काडा झोल सात दिनसम्म खान दिनुपर्छ । मात्रा ः गाईभैँसी ६० ग्राम, बाच्छा पाडा ः १५ ग्राम, बाख्रा ०८ ग्राम प्रतिदिन खानदिनुपर्छ ।
निम ः अजरेडिका इन्डिका :
निमको पातलाई सामान्य तापक्रममा राम्रोसित सुकाएर मसिनो पारी पिँध्ने र दानामा मिसाएर खान दिनुपर्छ । गाईलाई प्रतिदिन १००, ग्राम बाच्छा बाच्छी २० ग्राम चिराइतो ः स्वरेशियता चिरेता ः चिराइतोको बियाँलाई पिँधेर पानीमा हाली ३० मिनेट जति राम्रोसित उमाल्नुपर्छ । चिसो भएपछि छानेर झोललाई लगातार सात दिनसम्म खानदिनुपर्छ । गाईलाई ३० ग्राम, बाच्छालाई ०८ ग्राम, बाख्रालाई ०४ ग्राम, प्रतिदिन खान दिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण