सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मेलौली नगरपालिकाका कार्यालय सहयोगी मृत भेटिए

शनिबार, २४ फागुन २०७६, १९ : १५
शनिबार, २४ फागुन २०७६

बैतडी । मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । सो नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिए ।

यस्तै डिलाशैनी गाउँपालिका–३ बगडीस्थित सडकछेउमा दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेको र  मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउन लागिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप