आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तिनाउ खोलामा डुबेर एक युवा बेपत्ता

आइतबार, २५ फागुन २०७६, ०९ : १३
आइतबार, २५ फागुन २०७६

बुटवल : शनिवार दिउँसो देखि रुपन्देहीका एक युवा तिनाउखोलामा डुबेर बेपत्ता भएका छन् । 

शनिवार दिउँसो करिव ३ बजेको समयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका –७ भलवाडीबाट पाल्पाको तिनाउ गाउँपालिका –३ ड्यामसाईडमा पौडी खेल्न आएका तीन जना मध्ये २१ बर्षीय प्रदिप रोका बेपत्ता भएका हुन् ।

भलवाडीका १७ बर्षीय सुमन सारु , सोही स्थानका १५ बर्षीय सुमित चौधरी र रोका संगै पौडी खेल्न आएका थिए । त्यस क्रममा रोका तिनाउखोलामा डुबेर बेपत्ता भएको र आईतबार बिहानैदेखि प्रहरीले खोजी कार्य जारी राखेको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए । 

उक्त ड्यामसाईडमा पौडी खेल्ने र सेल्फी खिच्ने क्रममा यस अघि पनि  मानिसहरु डुबेर बेपत्ता भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप