तिनाउ खोलामा डुबेर एक युवा बेपत्ता
आइतबार, २५ फागुन २०७६, ०९ : १३
बुटवल : शनिवार दिउँसो देखि रुपन्देहीका एक युवा तिनाउखोलामा डुबेर बेपत्ता भएका छन् ।
शनिवार दिउँसो करिव ३ बजेको समयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका –७ भलवाडीबाट पाल्पाको तिनाउ गाउँपालिका –३ ड्यामसाईडमा पौडी खेल्न आएका तीन जना मध्ये २१ बर्षीय प्रदिप रोका बेपत्ता भएका हुन् ।
भलवाडीका १७ बर्षीय सुमन सारु , सोही स्थानका १५ बर्षीय सुमित चौधरी र रोका संगै पौडी खेल्न आएका थिए । त्यस क्रममा रोका तिनाउखोलामा डुबेर बेपत्ता भएको र आईतबार बिहानैदेखि प्रहरीले खोजी कार्य जारी राखेको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।
उक्त ड्यामसाईडमा पौडी खेल्ने र सेल्फी खिच्ने क्रममा यस अघि पनि मानिसहरु डुबेर बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण