बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

ईशा अम्बानीको पार्टीमा निक जोनसले कट्रिनासँग खेले होली, प्रियंकाका साथै यी सेलिब्रिटी पनि उपस्थित

आइतबार, २५ फागुन २०७६, ११ : ००
आइतबार, २५ फागुन २०७६

ईशा अम्बानी पीरामलको होली पार्टीको तस्बिर इन्टरनेटमा छाएको छ । उनको यो ग्रान्ड पार्टीमा सेलिब्रिटीको पनि उपस्थिती रह्यो । बलिउड सेलिब्रिटीका साथै प्रियंका चोपडा पनि श्रीमान् निकसँग पुगिन् ।

ईशा अम्बानीले पाँच दिन अघि नै होली पार्टीको आयोजना गरेकी हुन् ।

प्रियंका र निक जोनसले पार्टीमा मज्जाले होली खेले । निक जोनसले आफ्नो इन्स्टाग्राम अकाउन्टमा होली खेलेको तस्बिर पोष्ट गर्दै निकै रमाइलो गरेको भन्दै क्याप्सन लेखेका छन् ।

होली खेल्न कट्रिना कैफ सेतो पहिरनमा देखिएकी थिइन् । यद्यपि, उनले पनि मज्जाले होली खेलिन् ।

कट्रिनाले होली खेलेपछि निक जोनस र प्रियंका सँग फोटोसमेत खिचाइन् ।

यसका साथै, उक्त पार्टीमा विकी कौशलको पनि उपस्थिती रह्यो ।

यसका साथै, सोनाली बेन्द्रे, ज्याकलिन फर्नान्डिस र ईशाकी भाइ बुहारी ह्लोका अम्बानीको पनि उपस्थती रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप