शुक्रबारभित्र प्रधानमन्त्री ओलीको डिस्चार्ज गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार हुदै गएकाले केही दिनभित्र डिस्चार्ज गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम कृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार आइरहेकाले आउँदो बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने बताए ।
‘प्रधानमन्त्रीज्यूको यही क्रममा स्वास्थ्यमा सुधार आए केही दिनपछि डिस्चार्ज गर्न सकिन्छ । अहिले नै यही दिन त नभनौं तर बिहीबार वा शुक्रबारसम्ममा उहाँ बालुवाटार फर्कन सक्नुहुन्छ कि भन्ने लागेको छ’, निर्देशक खड्गाले भने, ‘मिर्गौला प्रत्यारोपणमा संलग्न डाक्टरहरुको सुझावका आधारमा यसबारेमा हामी छलफल गरेर निर्णयमा पुग्छौं । अप्रेशन भएको बढीमा १० दिनभित्र उहाँलाई बालुवाटार फर्काउन सकिन्छ कि जस्तो लागेको छ ।’
प्रधानमन्त्री ओली फागुन १९ गते अस्पताल भर्ना भएका हुन् भने त्यसको दुई दिनपछि अर्थात फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताएका छन् । ‘उहाँको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन्’, डा. ज्ञवालीले भनेका छन् ।
प्रधानमन्त्री ओलीको यो प्रत्यारोपण दोस्रो हो । यससँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन् ।
चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको छ ।
‘अस्पतालको कोठाभित्रै हिँडडुल गर्न थाल्नुभएको छ, त्यो क्रम विस्तारै बढ्दैछ’कार्यकारी निर्देशक खड्गाले रातोपाटीसँग भने, ‘संक्रमणको जोखिम घटाउन प्रधानमन्त्रीलाई धेरै भेटघाट नगर्न सुझाव दिइएको छ ।’
प्रधानमन्त्री ओली सामान्य हिँडडुल र ठोस पदार्थ खान थालेपछि आफुलाई डिस्चार्ज गर्न चिकित्सकहरुसँग आग्रह गर्दै आएका छन् । तर चिकित्सकहरुका अनुसार प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार फर्केपछि पनि उनलाई केही महिना आरामको जरुरत पर्छ ।
‘सामान्यतया दुई तीन महिना आराम जरुरी हुन्छ । पहिलो पटक प्रत्यारोपण गर्दाको अवस्था जस्तै दोस्रो पटक पनि त्यति नै समय आराम गर्न जरुरी छ’, प्रत्यारोपणमा संलग्न अर्का एक चिकित्सकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण