अत्यावश्यक अवस्थामा बाहेक भौतिक सम्पर्कमा नरहन कतारस्थित नेपाली दूतावासको अनुरोध
काठमाडौं । कतारस्थित नेपाली दूतावासले अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्कमा नरहन त्यहाँ कार्यरत नेपाली समूदायलाई अनुरोध गरेको छ ।
कतारमा ३ आप्रवासीसहित १५ जनामा कोरोनाभाइरसको पुष्टि भएको भन्दै नेपाली दूतावासले यो अवस्थामा कतार सरकारले नेपालसहित १४ वटा मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबारदेखि लागू हेने गरी अस्थायी रुपमा रोक लगाएको जनाएको छ ।
कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनगर गर्दै अत्यावश्यकबाहेक एक आपसमा भौतिकरुपमा नभइ टेलिफोन वा इमलेमार्फत सम्पर्क गर्न दूतावासले कतारस्थित नेपाली समूदायलाई अनुरोध गरेको हो ।
साथै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनु परेमा भौतिक रुपमा दूतावास पुग्नुनपर्ने र सोको जानकारी दूतावासको फोन नम्बर ४४६७५६८१/४४६७५६८३ र ४४१७१९६२ मार्फत लिन अनुरोध गरेको छ । यस्तै दूतावासको इमलेमा पनि सम्पर्क गर्न सकिने सोमबार जारी सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
