साढे १० लाख चोरी आरोपमा नाबालक पक्राउ
सुर्खेत । रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई पक्राउ गरिएको हो । घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले ती नाबालकको नाम गोप्य राखेको छ ।
प्रहरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घण्टाभित्रै शङ्कास्पद बालकलाई गिरफ्तार गरिएको बताए । ‘नाबालकको साथबाट रु एक लाख २० हजार बरामद गरेका छौँ’, उनले भने, ‘सोधुपछका क्रममा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको खुलेको छ, अन्य व्यक्तिको खोजी कार्य तीव्र पारेका छौँ ।’
यसैबीच सुर्खेत प्रहरीले झण्डै सात ग्राम लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति १०ः३० बजे वीरेन्द्रनगर–११ सुब्बाकुना चेकपोष्टमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा५ख ५९९४ नम्बरको गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हो । प्रहरीले गाडीमा सवार एक यात्रु, गाडी चालक, सहचालक र गाडीसमेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक खाता अरूलाई प्रयोग गर्न दिँदा के हुन्छ ?
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
-
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण