४० कामदारलाई कतार एयरवेजले बोर्डिङ पास नै दिएन
काठमाडौँ । विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा अस्थायीरुपमा प्रतिबन्ध लगाएको हो ।
नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रुपमा रहेको कतारले नेपालीहरुलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन् । कामका लागि कतार हिँडेका उनीहरुलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिए ।
‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाइई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो,’ उनले भने ।
सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ ।
हरेक दिन ३ वटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले लगाएको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ ।
आजको नेपाल समाचार पत्रमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण