पाँच वर्षभित्र ५० अर्बको बिजुली बेच्ने योजना
नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने भएको छ । हाल झण्डै २० अर्ब बराबरको विद्युत् आयात भइरहेको बेला विद्युत् प्राधिकरणले यति धेरै विद्युत् निर्यात गर्ने गरी योजना बनाएको हो । विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा २०७७÷०७८ अर्थात् आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ ।
चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७÷७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८÷७९ मा ८ अर्ब १८ करोड ३० लाख, २०७९÷८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०÷८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ ।
पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्याउने योजना छ । आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन ।
विशेष गरी सरकारले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको छ । भारत सरकारले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका निर्माण गरेपनि नेपाल लगायतले भने अझै यसबारे कुनै नीति बनाइसकेका छैनन् ।
यो खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण