तीन युरोपेली मुलुकलाई पनि ‘अन अराइभल’ प्रतिबन्ध
मङ्गलबार, २७ फागुन २०७६, ०७ : ०८
सरकारले कोरोना प्रभावित युरोपेली मुलुकहरु स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि ‘अन–अराइभल’ भिसा नदिने भएको छ । थप तीन देशसहित कुल आठ मुलुकका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय भएको अध्यागमन कार्यालयले जनाएको छ ।
सरकारले अघिल्लो साता कोरोना भाइरसको संक्रमण बढ देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटालीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।
यी देशका नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनुपर्छ ।
यता कतारले नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । यसबाट नेपाली कामदार कतारमा कामका लागि जान पाउने छैनन् भने कतारबाट आउने रेमिट्यान्स आप्रवाहमा पनि असर पर्ने देखिन्छ ।
यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण