न्यासाको ट्रोलिङबारे बोलिन् काजोलः छोरी ट्रोल हुँदा असाध्यै दुःख लाग्छ
काजोल र अजय देवगनकी छोरी न्यासा देवगनलाई सोसल मिडियामा अत्यधिक ट्रोल गरिन्छ । हुन त ‘स्टार किड’ हुनुको फाइदा पनि तर अत्यधिक निगरानीमा हुँदा कहिलेकाहिँ उनीहरुले ठूलै मूल्य पनि चुकाउनुपर्छ । १६ वर्षकी न्यासालाई सार्वजनिक स्थानमा थुप्रै पटक ट्रोल गरिएको छ । उनलाई धेरैजसो आफ्नो आउटफिट वा लुक्सका कारण ट्रोल गरिन्छ । हालै काजोलले यो मुद्दामा आफ्नो धारणा राखेकी छिन् ।
न्यासा ट्रोल हुँदा दुःख लाग्छः काजोल
पिंकविलासँगको कुराकानीमा काजोलले यसलाई अत्यधिक भयावह बताएकी छिन् । उनले भनेकी छिन्, ‘मलाई लाग्छ कि एक अभिभावकको रुपमा यदि तपाईंको बच्चालाई सानो चोट लाग्छ भने पनि तपाईंलाई अत्यधिक चिन्ता हुन्छ किनभने तपाईं आफ्नो सन्तानलाई हरेक समस्याबाट बचाउन चाहनुहुन्छ । यस्तो अवस्थामा जब उनलाई ट्रोल गरिन्छ तब एक अभिभावकको रुपमा त्यसलाई तपाईंले नै अत्यधिक महसुस गर्नुहुनेछ । धन्य, न्यासालाई नराम्रोसँग ट्रोल गरिँदा उनी यहाँ थिइनन् । के भइरहेको थियो, उनलाई खासै थाहा भएन । तर सोसल मिडिया त आखिर सोसल मिडिया नै हो, यस्तो हरेक स्थानमा हुन्छ, अन्तर्राष्ट्रियस्तरमा पनि ।’
काजोलले थपिन्, ‘यस्तोमा यो आवश्यक छ कि तपाईंले आफ्ना सन्तानलाई समाजका एउटा सानो हिस्सालाई बेवास्ता गर्नुपर्छ भनेर सिकाउनुपर्छ । तपाईंले बुझाउनुपर्छ कि तपाईंले आफ्नो बारे के सोच्नुहुन्छ, त्यो महत्वपूर्ण हो । तर यो खुसीको कुरा हो कि मैले उसलाई केही सिकाउनै पर्दैन । उनी निकै तीक्ष्ण छिन् । म आशा गर्छु कि म उदाहरण दिएर उसलाई आत्मसम्मान आफैंबाट सुरु हुन्छ भनेर सिकाउन सक्नेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण