रेल चलाउने कर्मचारी भेटिएनन्, एक जनाको पनि परेन आवेदन
बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एकजनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।
उक्त रेल सेवा सञ्चालनका लागि रल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।
आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेलवे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ ।
विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवदेन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए ।
उनले भने, ‘अब सो कर्मचारी भर्ना गर्न ग्लोबल विज्ञापन गरिने छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण