बन्दीपुरको डाँडामा ‘ग्रेटवाल’
बुधबार, २८ फागुन २०७६, ०७ : १९
पहाडी रानी उपमाले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकीय तथा व्यावसायिक हिसाबले छिट्टै नै छलाङ मार्ने तयारीमा जुटेको छ ।
चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण आरम्भ गरिएको बन्दीपुर ग्रेटवाल, निर्माणधीन केबलकार, प्याराग्लाइडिङका कारण यो सम्भावना देखिन्छ ।
यतिबेला बन्दीपुरको माथिल्लो डाँडामा ग्रेटवाल निर्माण कार्य चलिरहेको छ । यसका लागि हालसम्म ७० लाख रुपैयाँ खर्च गरिएको छ । सल्लाघारीदेखि थानीमाई मन्दिर पुग्नका लागि ११ सय मिटरको ग्रेटवाल निर्माण कार्य रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकराी दिए ।
ग्रेटवाल निर्माण कार्य सकिएपछि त्यसमा रेलिङ र बत्ती जडान गरेर यसको निर्माणलाई पूर्णता दिइने छ । वाल निर्माणको कार्य छिट्टै सक्ने तयारी छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण