मध्यप्रदेशमा कांग्रेस आई सरकारलाई संकटमा पारेका सिंधिया बीजेपीमा प्रवेश
नयाँ दिल्ली । भारतको मध्यप्रदेशमा कांग्रेस आइ नेतृत्वको सरकार नै अल्पमतमा पर्ने गरी राजनीतिक हलचल ल्याएका ज्योतिरादित्य सिंधिया अन्ततः भारतीय जनता पार्टी (बीजेपी) मा प्रवेश गरेका छन् ।
बुधबार बीजेपी अध्यक्ष जेपी लड्डाले उनलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।
बीजेपी मुख्यालयमा पार्टीको सदस्यता ग्रहण गरेलगत्तै सिंधियाले भने, ‘मेरो जीवनमा दुई तारिख धेरै महत्वपूर्ण रह्यो, पहिलो दिवस ३० सेप्टेम्बर २००१, जुन दिन मैले आफ्नो पूज्य पिताजीलाई गुमाएँ, जीवन नै बदल्ने एउटा दिन थियो त्यो, र १० मार्च २०२० जो उहाँकै ७५ औं वर्षगाँठ थियो, जीवनमा एउटा नयाँ मोड सामना गर्दै मैले एक निर्णय लिएँ ।’
कांग्रेससँगको १८ वर्ष पुरानो नाता तोड्ने निर्णय लिएका उनले लगत्तै बीजेपीमा नयाँ राजनीतिक अध्याय सुरु गरेका हुन् ।
मंगलबार उनले कांग्रेसबाट आफूले राजीनामा दिएको सार्वजनिक गरेका थिए । उनले पार्टीको कार्यकारी अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गर्दै सोमबार नै राजीनामा दिए पनि मंगलबारमात्र सार्वजनिक गरेका थिए ।
उनीसँगै मध्यप्रदेश विधानसभाका २२ विधायकले समेत राजीनामा दिएका छन् । उनीहरुको राजीनामासँगै सो प्रदेशमा कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण