बलात्कारका दोषी चर्चित फिल्म निर्मातालाई २३ वर्षको जेल सजाय
बिहीबार, २९ फागुन २०७६, ०७ : ५९
हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनलाई बलात्कार र यौन उत्पीडनको मामलामा २३ वर्षको जेल सजाय सुनाईएको छ ।
वाइनस्टिनलाई गत महिना न्यूयोर्कमा दोषी ठहर गरिएको थियो ।
बुधबार ६७ वर्षीय वाइनस्टीन ह्विल चेयरमा अदालतमा पेश भए जहाँ उनका वकिलले सजायमा छुट गर्न अनुरोध गर्दै पाँच वर्षको न्यूनतम सजाय पनि उनका लागि आजिवन कारावासजस्तै हुने बताए ।
तर अभियोजन पक्षले जसरी एक लामो समयसम्म उनले महिलामाथि दुर्व्यवहार गरे र जसरी उनले यसका लागि पश्चाताप गरेको देखिएन, त्यो हेर्दा उनलाई अधिकतम सजाय दिनुपर्ने माग राखे ।
वाइनस्टीनले बुधबार पहिलो पटक अदालतमा केही बोल्दै भने, ‘मलाई गहिरो अफसोस छ तर मलगायत अन्य पुरुष मी–टू आन्दोलनका क्रममा जस्तो प्रकारको बयान आए त्यसले उनीहरुलाई भ्रममा पारेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण