ओेखलढुंगामा बोलेरो जिप दुर्घटना
ओेखलढुंगाको मानेभज्याङ गाउँपालिका–४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर तिनको ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
दुर्घटनामा परी जिप चालक बिरगन्ज पर्साका अन्दाजी २२ बर्षिय अनिल कुमार साहानी र सोही स्थानका २६ बर्षिय सुगन्धी देबी बिनको अवस्था गम्भीर छ ।
उनीहरुको ओखलढुंगा सामुदायीक अस्पातलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।
अन्य सामान्य घाइतेहरुमा नेपागन्ज बाँकेका बिराज थापा, बिरगन्ज पर्साका आकाश कुमार नाबालक, मन्थली रामेछापका कपिल मगर र सिद्धिचरण नगरपालिका–४ का सनम घले, बल बहादुर श्रेष्ठ र राजन घले रहेका छन् ।
जिपमा १२ जना सवार रहेको भएपनि अन्य चारजना भने सकुशल रहेको प्रहरी निरिक्षक बस्नेतले बताए ।
दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण