पोखराबाट ‘२ नम्बरी’ को छायाँकन सुरु
काठमाडौं । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘२ नम्बरी’ को छायाँकन सुरु भएको छ । बिहिबारदेखि फिल्मको छायाँकन पोखराबाट सुरु भएको हो । चलचित्र निर्माता संघले कोरोना त्रासका कारण फिल्मको छायाँकन रोक्न आग्रह गरेपनि त्यसको बेवास्ता गर्दै ‘२ नम्बरी’ को छायाँकन आजबाट थालिएको हो ।
फिल्मका निर्माता किरण नेपाली हुन् । ३५ दिनको सेडुलसहित छायाँकनमा निस्किएको फिल्मको सम्पूर्ण छायाँकन पोखरामा नै हुने निर्माता किरण नेपालीले जानकारी दिए । छायाँकनको पहिलो दिन बिहिबार अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेनले फिल्मका लागि दृश्य दिइरहेका छन् ।
२ साथीको मित्रताको कथामा बन्न लागेको फिल्मका अन्य दुई मुख्य कलाकार पल शाह र वर्षा राउत केही दिनमा निर्माण युनिटसँग जोडिने छन् । नयाँ वर्षको जनै पूर्णिमामा रिलिज हुने बताइएको फिल्म रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले मिलेर बनाउन लागेका हुन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण