आज लगनगाँठो कस्दै आँचल
बिहीबार, २९ फागुन २०७६, १४ : ३९
काठमाडौं । अभिनेत्री आँचल शर्मा आज वैवाहिक जीवनमा बाँधिदै छिन् । उनको वैवाहिक समारोह अहिले काठमाडांैमा चलिरहेको छ । विवाहको स्थान भने अहिले गोप्य राखिएको छ । उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । आँचल र उदिपको विवाहमा दुबैतर्फका सिमित सदस्यको मात्र उपस्थिति रहेको बुझिएको छ ।
आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना गरेका थिए । मेहेन्दी समारोहमा दुबैले एक अर्काको नाम आफ्नो हातमा लेखाएका थिए । बिवाह भोज भने उनीहरुले चैत्र १ मा आयोजना गर्दैछन् । एक वर्ष देखिको प्रेमलाई उनीहरुले आज विवाहमा परिणत गर्न लागेका हुन् ।
आँचल पछिल्लो समय म्युजिक भिडियोको अलवा चलचित्रमा पनि बाक्लै देखिने अभिनेत्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण