चक्रपथ विस्तार आयोजना : ट्र्याक रोड र फूटपाथ नेपालले नै बनाउने
दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–धोबीखोला खण्डमा दायाँबायाँ ट्र्याक रोड (मुख्य सडक बाहिरको सडक) र फूटपाथ बनाउन रू. १ अर्ब १५ करोड लगानी प्रस्ताव गरिएको छ । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले ८ लेनको मुख्य सडकसँगै दायाँबायाँ बन्ने ट्र्याक रोड र फूटपाथ निर्माणका लागि अर्थ मन्त्रालयसँग लगानीको प्रस्ताव गरेको हो ।
चीनको सहयोगमा चक्रपथलाई ८ लेनको बनाइँदै छ । सोही सडकको दायाँबायाँ ६र६ मीटरमा बन्ने ट्र्याक रोड र डेढ मीटरमा बन्ने फूटपाथका लागि नेपालले नै लगानी गर्ने गरी मन्त्रालयमा प्रस्ताव गरिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । यी दुई संरचना निर्माण हुँदा चक्रपथको यो खण्ड १० लेनमा विस्तार हुने रिमालको भनाइ छ । कलंकीको मकालु पेट्रोलपम्पदेखि चाबहिलको गोपीकृष्ण हलसम्मको यो सडक खण्ड ११ दशमलव ६ किलोमीटर छ ।
यसैगरी ट्र्याक रोडभित्र ढललगायत पाइपहरू राख्ने गरी डिजाइन हुने पनि उनले बताए । करीब ३ वर्षमा सडक विस्तार गरिसक्ने लक्ष्य राखिएको यो सडक विस्तार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भने कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अझै तयार भएको छैन । साइट क्लियर भएपछि चिनियाँ पक्षलाई जानकारी गराउने र उनीहरू आएपछि डीपीआर बन्नेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण