कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव
शुक्रबार, ३० फागुन २०७६, ०६ : ५४
नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन् ।
संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा दर्ता गरेको प्रस्ताव पेस हुने अवस्थामा थियो ।
तर, अन्तिम समयमा आएर सचिवालयले सो कार्यसूचीमा संसोधन गर्दै त्यो विषयलाई नै हटाइएको थियो । संकल्प प्रस्तावलाई कार्यसूचीबाट हटाइएको यो दोस्रोपटक हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण