आर्सनलका प्रशिक्षक मिकेललाई पनि कोरोना
इङ्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना (कोभिड–१९) भाईरसको संक्रमण देखिएको छ ।
मिकेललाई स्वास्थ्य परिक्षणका क्रममा कोरोनाको पोजेटिभ लक्षण देखिएको हो । मिकेललाई कोरोनाको लक्षण देखिएपछि शनिबार हुने आर्सनल र ब्राईटनबीचको खेल स्थगित गरिएको छ । आर्सनलले प्रशिक्षण क्याम्प समेत बन्द गरेको छ । कोरोनाको संक्रमण देखिएको प्रशिक्षक मिकेलले यो आफ्ना लागि निराशाजनक क्षण भएको बताएका छन् । ‘मैले निकै गलेको महसुस भएपछि परिक्षण गरेको थिए ।
उपचारपछि जति सक्दो काममा फर्कने प्रयास गर्नेछु,’ ३७ बर्षीय मिकेलले भनेका छन् । आर्सनलले कोरोनाको शंका लागेका र मिकेलसँग सम्पर्क भएका अन्य ब्यक्तिलाई पनि स्वास्थ्य परिक्षण प्रक्रिया अगाडी बढाएको छ ।
कोरोनाको सन्त्रास र पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले क्लबहरुको आकस्मिक बैठक समेत बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको बिषयमा निर्णय गर्ने बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
-
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
-
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण