जनकपुरस्थित पोखरीमा भेटियो युवतीको शव
शुक्रबार, ३० फागुन २०७६, ०९ : ४०
जनकपुर । जनकपुरमा एका विहानै एक युवतीको शव बरामद भएको छ । प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरधोई पोखरीमा एक युवती मृत अवस्था बरामद भएको हो ।
विहान मर्निंग वाकको क्रममा निस्कदा स्थानीयले खेरी पोखरीमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार मृतक अन्दाजी २५ वर्षीया रोशनी खातुन हुन् । उनले नेपाल टेलिकमको अफिस कपडा पसल सञ्चालन गर्दै आएको स्थानीयको भनाइ छ ।
यद्यपि, प्रहरीले भने मृतक युवतीको नाम, ठेगानाबारे अनुसन्धान भइरहेको बताएको छ । नायब प्रहरी उपरिक्षक रामेश्वर कार्कीले युवतीको हत्या वा मृत्यु भएको भन्ने कुरा अहिले नै भन्न नमिल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण