जिम बाहिर ‘बडी सुट’मा देखिइन् मलाइका अरोडा, सोसल मिडिया प्रयोगकर्ताले भने, ‘उमेरको ख्याल गर’
मलाइका अरोडाको जिम लुक समय समयमा चर्चाको केन्द्रमा हुने गर्छ । हालै उनलाई पुनः जिम बाहिर देखियो जहाँ उनले स्किन कलरको बडीसुट लगाएकी थिइन् । यो स्पोर्टस् वेयर रिबक एक्स डेविड बेकहम सिरिज हो । मलाइकाको बडीसुटमा तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे ।
मानिसहरुले भने, सस्तो किम कार्दासियनः
सोसल मिडियामा मलाइका बारे भद्दा कमेन्ट पनि आए । ट्रोलरले उनलाई सस्तो किम कार्दासियनसमेत भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अहिलेसम्मको सबैभन्दा घटिया आउटफिट ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘लाजै नभएकी, उमेरको ख्याल त गर ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘बलिउडका कारण हामी आफ्नो संस्कृति र सभ्यता गुमाउँदै गएका छौं ।’
दिवा योगाकी मालिक हुन् मलाइकाः
४६ वर्षकी मलाइका फिटनेस प्रेमी हुन् । उनी जिममा वर्कआउटबाहेक योगा पनि गर्छिन् । मलाइका डाइटलाई ध्यानमा राखेर आउटडोर स्पोर्टस् पनि खेल्छिन् । दैनिक आधा घण्टा स्विमिङ, साइक्लिङ र जगिङ पनि । फिटनेस तालिकामा योगा, डान्स, वेट ट्रेनिङ, किक बक्सिङ पनि समावेश छ । मलाईकाले मुम्बईमा दिवा योगा नामको योगा स्टुडियो पनि खोलेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण