प्रेस खरिदको ७० करोड कमिसन प्रकरण : बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने सांसदहरुको माग
काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वमन्त्री गोकुल बाँस्कोटामाथि अख्तियारले छानविन गर्नुपर्ने आवाज उठेको छ ।
शुक्रबार बसेको समितिको बैठकमा सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएको भन्दै त्यसबारे सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्ने माग गरेका हुन् ।
‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रीले राजीनामा दिँदैमा उन्मुक्ति दिन मिल्दैन । सत्यतथ्य छानविनका लागि अख्तियारलाई जिम्मा दिनुपर्छ,’ समिति सदस्य समेत रहेका काँग्रेस सांसद तेजुलाल चौधरीको भनाइ छ ।

त्यस्तै सांसदहरुले प्रेस खरिद सम्बन्धि टेण्डरमा अपनाइएको ‘जीटुजी’ प्रकृया नै गलत रहेको भन्दै उक्त प्रकृया समेत बदल्नुपर्ने धारणा राखेका छन् ।
सांसदहरु डा. मिनेन्द्र रिजाल, मोहमद इस्तियाक राई लगायतले प्रेस खरिद प्रकरणबारे समितिमा भएको छलफलमा नयाँ सञ्चारमन्त्री युवराज खतिवडाले समेत जीटुजी प्रकृयालाई राकेर ग्लोवल टेण्डरमा जानुपर्ने बताइसकेकाले हालको प्रक्रिया रोकेर ग्लोवल टेण्डरमा जानुपर्ने सरकारलाई सुझाव दिएका छन् ।
नेकपा सांसद विरोध खतिवडाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ‘जीटुजी’ (सरकार र सरकारबीच) नभएर ‘सीटुसी’ (कमिसन टु कमिसन) प्रक्रिया अवलम्बन भएको भन्दै व्यङ्ग्य गरे ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चार मन्त्री बाँस्कोटाले ‘कमिसन’ अडियो (एजेन्ट बिजय मिश्रसँग) सार्वजनिक भएपछि फागुन ८ गते राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण