नाना पाटेकरको एनजीओद्वारा तनुश्रीमाथि २५ करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दायर
फिल्म उद्योगमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरको एनजीओ ‘नाम फाउन्डेशन’ ले २५ करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दायर गरेको छ ।
यसका साथै, बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेशनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ । यसअघि तनुश्रीले नाना पाटेकरको एनजीओमाथि पनि विभिन्न आरोप लगाएकी थिइन् ।
रिपोर्टका अनुसार उच्च अदालतमा दायर भएको निवेदनमा नाना पाटेकर र मकरन्द अनासपुरेले २०१५ मा सुरु भएको ‘नाम फाउन्डेशन’ ले सिँचाइको अभावमा गुज्रिरहेका किसानहरुको अवस्था सुधार्नको लागि काम गरिरहेको तर तनुश्रीले २०२० जनवरीमा एक पत्रकार सम्मेलनमा उक्त एनजीओमाथि पनि आरोप लगाएकोले एनजीओको प्रतिष्ठामा आँच आएको उल्लेख गरेका छन् ।
तनुश्रीले सन् २०१८ को अक्टोबर मा ‘हर्न ओके प्लीज’ को फिल्मको शुटिङको क्रममा गलत नियतले छोएको र यौन हिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन् । आरोपपछि बलिउड निकै तातेको थियो । त्यसपछि तनुश्री अमेरिका गइन् । उनको आरोप गलत भएको नाना पाटेकरले दाबी गर्दै आएका छन् ।
केही समय अगाडि मात्रै नाना पाटेकरविरुद्ध कुनै ठोस प्रमाण जुटाउन नसकेपछि प्रहरीले उक्त आरोप गलत भएको ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण