कोरोनाको प्रभावः भारतमा ३१ मार्चसम्मको लागि फिल्म, सीरीयल र वेब सीरीज को शुटिङ स्थगित
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हिन्दी फिल्म, सीरियल र वेब सीरीज हरुको शुटिङ स्थगित गरिएको छ ।
आइतबार बसेको इन्डियन मोशन पिक्चर्स प्रोड्युसर्स एसोसियसन (आईएमपीपीए) को बैठकले १९ मार्चदेखि ३१ मार्चसम्म सम्पूर्ण फिल्मका शुटिङ बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढिरहेको समयमा फिल्म, टेलिभिजन र वेब सीरीज को शुटिङ गर्नु उचित नभएको भन्दै बन्द गर्न लागिएको आईएमपीपीएका एक सदस्यले भारतीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
देशभित्र र बाहिर पनि फिल्मको शुटिङ भइरहेको र यो फैसलापछि सम्पूर्ण शुटिङ बन्द गर्नुपर्ने बताइएको छ ।
हिन्दी फिल्म उद्योगका सम्पूर्ण शुटिङ ३१ मार्चसम्म बन्द गरिने र पुनः ३० मार्चमा संयुक्त बैठक बसेर अर्को निर्णय लिने बताइएको छ ।
ALL shootings to come to a halt from 19 to 31 March 2020... OFFICIAL statement... #CoronaVirus #COVID19 pic.twitter.com/GGxEcdiogr
— taran adarsh (@taran_adarsh) March 15, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण