९७ वर्षका भारतका दिग्गज कलाकार दिलिप कुमार क्वारेन्टाइनमा
भारतका दिग्गज कलाकार दिलिप कुमारले आफू क्वारेन्टाइनमा भएको जानकारी दिएका छन् । उनले नोभेल कोरोनाभाइरसको महामारीबाट बच्नका लागि सावधानीस्वरुप आफूलाई पूर्ण आइसोलेशन र क्वारेन्टाइनमा राखेको बताएका छन् ।
९७ वर्षका नायकले आफ्नो स्वास्थ्यबारे ट्वीटरमा जानकारी दिएका छन् । उनकी श्रीमती सायरा बानुले उनलाई कुनै संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरिरहेको पनि उनले बताएका छन् ।
‘कोरोना भाइरसको संक्रमणपछि मैले आफूलाई पूर्ण रुपमा आइसोलेशन र क्वारेन्टाइनमा राखेको छु,’ कुमारले ट्वीट गरे । ‘सायराले मलाई कुनै पनि संक्रमण नहोस् भन्ने कुराको सुनिश्चित गरेकी छिन् ।’
I am under complete isolation and quarantine due to the #CoronavirusOutbreak. Saira has left nothing to chance, ensuring I do not catch any infection.
— Dilip Kumar (@TheDilipKumar) March 16, 2020
नायक दिलिप कुमारले आफ्ना प्रशंसक र फलोअर्सलाई सकेसम्म घर भित्रै बस्न आग्रह गरेका छन् ।
‘कोरोनाभाइरसले सबै सीमा पार गरिरहेको छ,’ उनले भने । ‘स्वास्थ्य विभागले जारी गरेको गाइडलाइन अनुसरण गर्नुहोस्, अरुलाई कमै भेट्नुहोस् ।’
गत हप्ता बानुले दिलिप कुमारलाई अत्यधिक ढाड दुख्ने समस्या देखिएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण