ट्रोल भएकी नेहा धुपियाको समर्थनमा आएका श्रीमान् अंगद बेदीले सेयर गरे ५ प्रेमिकाको फोटो, नराम्रोसँग फसे
पछिल्लो दिन नायिका नेहा धुपिया आफ्नो एक ‘इट्स हर चोइस’ वाला कमेन्टका का कारण ट्रोलर्सको निशानमा परिन् । अब श्रीमतीको यो कमेन्टको समर्थन गर्नका लागि अंगद बेदीले आफ्नो पाँच प्रेमिको तस्बिर सेयर गरेका छन् । तर उनको यो पोष्टका कारण अंगद आफैं पनि ट्रोलर्सको निशानामा परेका छन् ।
अंगदले आफ्नी श्रीमतीको समर्थन गर्दै एक पोष्टमा लेखेका छन्, ‘सुन् मेरो कुरा... यी हुन् मेरा पाँच प्रेमिका । जे गर्न सक्छौ गर ।’ आफ्नो यो पोस्टमा अंगदले श्रीमती नेहालाई पनि ट्याग गरेका छन् र ह्याशट्यागसहित लेखेका छन् ‘इट्स माई चोइस’ । वास्तवमा यी तस्बिरमा अंगद आफ्नी श्रीमतीसँग अलग अलग पोजमा देखिएका छन् ।
तर यस विषयमा अंगदले श्रीमतीलाई गरेको समर्थन मानिसहरुलाई मन परेन । कतिले उनलाई श्रीमतीको गल्तीमा साथ दिएका भन्दै ट्रोल गरेका छन् ।
स्मरण रहोस्, एक दिन अघि मात्रै नेहा धुपियाले आफ्नो यो बयानबारे स्पष्टिकरण दिएकी छिन् । नेहाले आफ्नो बयानमा लेखिन्, ‘दुर्भाग्यवश, हिंसाविरुद्ध बोल्दा ममाथि जे भइरहेको छ, त्यो राम्रो होइन । एक व्यक्तिले प्रेमिकाले उनलाई धोका दिएकोमा उनलाई चड्कन हानेको मलाई बताए । मलाई उसको कुरा ठिक लागेन । त्यसकारण मैले उनलाई गाली गरेँ । मैले महिलाको सुरक्षाको दृष्टिकोणबाट आवाज उठाएको थिएँ ।’
नेहाले थपिन्, ‘हरेक व्यक्तिको आफ्नो छनोट हुन्छ । कसैले कसैलाई माया गर्ने नगर्ने त्यो उसको आफ्नो नीजि इच्छा हो । तर यस्तोमा कसैले पनि कसैमाथि सांघातिक आक्रमण गर्न सक्दैन । यो कुरा मलाई ठिक लागेन त्यसकारण आवाज उठाएँ । तर मेरो एउटा पोस्टमा ५५ हजार भन्दा बढी कमेन्ट आयो । यसमा धेरैजसो नकारात्मक थिए । तर म त्यतिबेला पनि चुप बसेँ । तर पछिल्ला केही दिनदेखि यो विषयसँग कुनै लेनदेन नभएका व्यक्तिलाई मानसिक रुपमा प्रताडित गरिँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण