कोरोना महामारीः ब्राजिलमा पनि पहिलो मृत्यु
मङ्गलबार, ०४ चैत २०७६, २३ : ०८
एजेन्सी । कोरोना भाइरसको कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् ।
ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा सोमबार मृत्यु भएको भएपनि उनमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि मङ्गलबारमात्र गरिएको छ । यससँगै कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुने ब्राजिल दक्षिण अमेरिकी मुलुकमध्ये पहिलो मुलुक बनेको छ ।
साओ पाउलोका नगर प्रमुख ब्रुनो कोभासले स्थानीय डीबीएन रेडियोसँग भने, ‘दुर्भाग्यवस मृतक ती व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।’ उनले ब्राजिलले सङ्क्रमण फैलिन नदिन आवश्यक तयारी गरिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण