मास्क उत्पादन गर्दै ललितपुर महानगरपालिका (तस्बिरसहित)
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बजारमा मास्कको अभाव भएपछि ललितपुर महानगरपालिकाले उत्पादनको पहल थालेको छ ।
नेपालमा हाल कसैमा पनि भाइरस नदेखिएको भएपनि यसको त्रासले बजारमा मास्कको चर्को अभाव हुन थालेपछि महानगरपालिकाले उत्पादनको पहल थालेको हो ।
जसअनुसार महानगरपालिका अन्तर्गतको समाजकल्याण महाशाखाले महिलाहरुलाई मास्क बनाउने तालिम दिएर उत्पादनमा लगाएको हो ।

महानगरभित्रका २९ वटै वडामा २–२ जना सिलाई सिकेका महिलालाई २ दिने तालिम दिएर मास्क उत्पादनमा लगाइएको महानगरपालिकाले जनाएको छ ।
सो तालिमबाट सिकेर जाने महिलाले घरमै मास्क उत्पादन गरेर बजार पठाउन सक्ने सो तालिमकी प्रशिक्षक ज्ञानी शोभा महर्जनले जानकारी दिइन् ।

आफूहरुको तालिमपछि उत्पादन हुने मास्कले बजारमा भएको अभावलाई केही हदसम्म पूर्ति गर्न सहयोग मिल्ने उनको विश्वास छ । तालिम लिएकाहरुले उत्पादन गर्ने गरेको मास्क १५ रुपैयाँमा बेच्ने गरिएको बताइएको छ ।
‘१५ रुपैयाँमा बेचेर फाइदा त हुने होइन । हामीले फाइदाको लागि भन्दा पनि यसलाई समाजसेवासँग जोडेका छौं’, उनले भनिन् ।
यस्तै महानगरपालिकाले मास्क तालिमसँगै घरेलु विधिबाट स्यानिटाइजर बनाउने तालिम पनि दिइरहेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण