भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
सारांश
- भानु जयन्ती कविता प्रतियोगितामा नारायणी अधिकारी प्रथम हुनुभयो ।
- रामायण वाचन प्रतियोगितामा पुनम सुनार प्रथम हुनुभयो ।
- पुरस्कार भानु जयन्ती समारोहमा प्रदान गरिनेछ ।
तनहुँ । दुई सय १३ औँ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आइतबार आयोजित कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम भएका छन् ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आयोजना गरेको उक्त उक्त प्रतियोगितामा सञ्चिता शर्माले द्वितीय, राममाया श्रेष्ठले तृतीय र दयाराम पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।
यसैगरी रामायण वाचन प्रतियोगितामा पुनम सुनार प्रथम भए । प्रतियोगितामा सुजता पौडेलले द्वितीय, सरस्वती डौलीयाले तृतीय र अवानी काफ्लेले सान्त्वना स्थान प्राप्त गरे ।
कविता वाचन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिनेछ भने रामायण वाचन प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार प्रदान गरिने समितिका कार्यकारी सचिव कृपाहरि लौडारीले जानकारी दिए । उक्त पुरस्कार सोमबार आयोजना हुने भानु जयन्ती विशेष समारोहका बिच प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण